• Friday 16th of October 2026

गाडीको ठक्करबाट कुवेतमा मृत्यु भएका तीनै जनाको शव नेपाल आइपुग्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । कुवेतमा गाडीको ठक्करबाट मृत्यु भएका तीनै जनाको शव नेपाल ल्याइएको छ। गत मंगलबार बिहान गाडीको ठक्करबाट तीन जना नेपालीले ज्यान गुमाएका थिए। उनीहरूको शव पोष्टमार्टमपछि नेपाल पठाइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मृतकका आफन्तहरूले शव बुझेर घर लगेका छन्।

कुवेतको महाबुल्ला एरियामा मंगलबार बिहान गाडीको ठक्करबाट तीन जना नेपालीको ज्यान गएको थियो । कुवेतस्थित नेपाली राजदूतावासका अनुसार गाडीको ठक्करबाट सानो भर्याङका सुजन कार्की, अछामका सुरज बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको थियो ।

मृतक तीनै जना पापाजोन कम्पनीमा कार्यरत थिए । उनीहरूको शव फरवानिया हस्पिटलमा पोष्टमार्टम गरेपछि नेपाल पठाइएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ।

अछामका सुरजका अंकलका छोरा झंकरबहादुर कडायतले शव बुझेर आफुहरू घर गइरहेको बताए। विमानस्थलबाट शव गाडीमा हालेर अछामतर्फ गईरहेको उनको भनाइ थियो। त्यस्तै कार्की र मगरका आफन्तहरूले समेत शव बुझिसकेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖