• Friday 16th of October 2026

चन्द्रिकासंग चार वर्षदेखि थियो प्रेम सम्बन्ध,प्रेमिकालाई मारेर भागेका प्रेमी यो होटलमा मृत भेटिए


  • धनकुटा खबर
  • .

विराटनगरको नोवेल टिचिङ अस्पतालकी एक स्टाफ नर्सको हत्या प्रकरणमा संलग्न भनिएका प्रेमी मृत फेला परेका छन् । अस्पतालको अर्थाे विभागमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दास चार दिनअघि मृत फेला परेकी थिइन् । उनको हत्या प्रेमी २२ वर्षीय शिवशंकर दासले गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । खोजीमा प्रहरी सक्रिय भएकै बेला दाससमेत मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी विराटनगर– ४ स्थित नोबल अस्पताल अगाडिको फाइन होटेलको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले भने, “घटनालाई थप मिहिन ढंगले अनुसन्धान गरिरहेका छाैँ ।”

सिराहको फुल्काहकट्टी नगरपालिकाकी बासिन्दा नर्स चन्द्रिकाकुमारी विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा डेरामा बस्थिन् । उनको हत्या भएको अवस्थामा शव शुक्रबार दिउँसो कोठामै फेला परेको थियो ।

हत्या प्रेमी शिवशंकरले गरेको निष्कर्ष निकाल्दै प्रहरी उनको खोजीमा लागेको थियो । तर, उनी आफैँ मृत भेटिएको एसपी कार्कीले बताए । उनले प्रयोग गर्ने मोबाइलको लोकेसन नोबेल आस्पताल आसपास नै देखिएको र ट्रयाक गर्दै खोजी कार्यलाई तीव्र बनाइएको प्रहरी जनाएको छ ।

प्रहरी होटेल फाइनमा पुग्दा ढोका बन्द भेटिएको र फोरेर हेर्दा दास झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । यो होटेल नर्सको हत्या भएको कोठाभन्दा करिब तीन सय मिटर पूर्वदक्षिणमा पर्छ ।

प्रहरी अनुसन्धानबाट उनीहरूबीच चार वर्षदेखि प्रेम सम्बन्ध थियो । दास वैदेशिक रोजगारीमा मलेसिया गइ आएका थिए । तर, पछि चन्द्रिकाकुमारीको अर्कै पुरुषसँग प्रेम सम्बन्ध बसेको र त्यसकै आवेगमा हत्या भएको अनुसन्धानले देखाएको मोरङ प्रहरीले जनाएको छ । शिवशंकर फागुन २७ गते मेलेसियाबाट आएर २९ गते विराटनगर आएका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖