• Friday 16th of October 2026

दुर्घटनामा परि मालपोतका हाकिमको मृत्यु


  • धनकुटा खबर
  • .

भैरहवा । भैरहवामा कार र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको बा २१ च ७५५३ नम्बरको कार गौतमबुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थलअगाडि मोटरसाइकलसँग ठोक्किँदा तिलक रावतको मृत्यु भएको हो ।

उनी मालपोत कार्यालय मझगांवा रुपन्देहीका प्रमुख हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रावत चढेको मोटरसाइकल र कार विमानस्थल गेटअगाडि सडकमा ठोक्किएका थिए ।

ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖