• Friday 16th of October 2026

बागलुङमा बस दुर्घटना, १६ जना घाइते


  • धनकुटा खबर
  • .

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। पश्चिम रुकुमबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

दुर्घटनामा १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। घाइतेहरूको पहिचान खुल्न सकेको छैन।

बस मध्यपहाडी लोकमार्गदेखि १५० मिटर तल बसेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖