• Friday 16th of October 2026

बागलुङको निसीखोलामा बस दुर्घटना : ९ जनाको ज्यान गयो , २६ जना घाइते


  • धनकुटा खबर
  • .

काठमाण्डौ – बागलुङको निसीखोलामा बस दुर्घटनामा ९ जनाको ज्यान गएको छ । २६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये २१ जनाको धौलागिरी अस्पताल बागलुङमा र ५ जनाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ ।

पूर्वी रुकुमदेखि काठमाण्डौका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस हिजो बेलुका बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा रहेको मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीका अनुसार ज्यान जानेहरुमा चारजना पुरुष र पाँचजना महिला रहेका छन् ।

प्रहरीका अनुसार मृतक कसैको पनि सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖