• Friday 16th of October 2026

प्रश्नको उत्तर नजानेको भन्दै शिक्षिकाद्वारा छात्रामाथि कुटपिट


  • धनकुटा खबर
  • .

पोखरा । लमजुङको एक बोर्डिङ स्कुलमा सोधेको प्रश्नको उत्तर नदिएको भन्दै कक्षा ५ मा अध्ययनरत ११ वर्षीया छात्रालाई शिक्षिकाले कुटपिट गरेकी छन् । लमजुङ सुन्दरबजार नगरपालिका–७ मा रहेको बालज्योती अंग्रेजी माध्यमिक बोर्डिङ स्कूलकीकी शिक्षिका फराना मियाँले छात्रामाथी कुटपिट गरेकी हुन् ।

आइतबार दिउँसो मध्यान्हतिर नियमित दोस्रो कक्षाकी शिक्षक मियाँले प्रश्नको उत्तर नजान्दा लौरी प्रहार गरेकी हुन् । पीडितका अनुसार शिक्षिकाको लौरी प्रहारबाट पिँडौलामा रातो र निलो डाम र खुट्टा सुन्निएको छ ।

दोषीलाई कारवाहीको माग गर्दै निवेदन आएको इलाका प्रहरी कार्यालय सुन्दरबजारका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक हरिनारायण श्रेष्ठले जानकारी दिए ।

‘उहाँहरुले ठाडो निवेदन दिनुभएको छ । मिल्ने भनेपछि हामीले पनि केही गरेनौं । पीडितको माग सुनुवाइ हुने गरी सहमति भएको छ’ उनले भने ।

विद्यालय र पीडितबीच सोमबार सहमति भएको छ । पीडित बालिकाको सवै औषधी उपचार विद्यालयले गराउने, कुटपिटमा संलग्न शिक्षक फराना मियाँलाई उक्त विद्यालयमा पठनपाठन गर्न नपाउने गरी हटाउने गरी सहमति भएको हो ।

घटनाको सम्बन्धमा विद्यालय व्यवस्थापनले छानविन समिति गठन गर्ने, पीडित विद्यार्थीको कुनै शारीरिक वा मानसिक समस्या भएमा थप उपचार विद्यालयले गराउने, घाइते विद्यार्थीको सवै शरीरका भागको चेकजाँच गराउने, विद्यालयभित्र कुनै पनि मानसिक र शारीरिक यातना नदिइ बालमैत्री ढंगले पठनपाठन गराउने गरी सहमति भएको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖