• Friday 16th of October 2026

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो दुई भारतीय पेशेवर अपराधी


  • धनकुटा खबर
  • .

विभिन्न अपराधीक गतिविधिमा संलग्न दुई जना भारतीयलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ।

भारत बिहार सीतामढी सैयाराग्राम बस्ने २८ वर्षीय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा २४ वर्षीय जितेन्द्र राउतलाई सर्लाही प्रहरीले पक्राउ गरेको हो।

सोमबार राती प्रहरीले राउत र सिंहलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याउने क्रममा भाग्न खोज्दा प्रहरीले गोली चलाएको थियो।
राउतको दुवै खुट्टामा गोली लागेको छ। उनको आइसियूमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। सिंहको अवस्था भने सामान्य छ।
दुवै जनाको साथबाट हतियारसमेत बरामद भएको प्रहरीले जनाएको छ।

यसबारे प्रहरीले केही बेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारूले बताए।
पक्राउ परेका दुवैजना बरहथवा नगरपालिका–६ स्थित एक घरमा डेरा लिएर बसिरहेका थिए।

दुवै जना पेशेवर अपराधी भई नेपाल र भारतमा विभिन्न घटनामा संलग्न रहेको एक प्रहरीले बताए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖