काठमाडौँ । सशस्त्र प्रहरीले सप्तकोसी नदिमा डुङ्गामा लैजादै गरेको १ सय ६४ किलो गाँजा बरामद गरेको छ ।
बुधबार बिहान १ः३५ बजेको समयमा सुनसरीको बराहक्षेत्र नगरपालिका -१ स्थित सप्तोकोशी नदीको किनारमाबाट गाँजा बरामद गरेको हो ।
५/६ जना व्यक्तिहरुले डुङ्गाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बेश चतराले बरामद गरेको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
रातको समय भएकोले डुङ्गा लिई व्यक्तिहरु फरार भएको र उक्त गाँजा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाईएको उनले बताए ।
सशस्त्र प्रहरी बल नेपाल नं ४ गणले फाल्गुन १ गते देखी हाल सम्म १ एम्बुलेन्स सहित ५६४.४७५ किलो गाजा बरामद गरिसकेको छ ।
