• Saturday 17th of October 2026

वारदातको अघिल्लो दिनमात्र शालिनले गाएकी थिइन् ‘क्षमा पाउँ आमा’ गीत


  • धनकुटा खबर
  • .

काठमाडौँ । चितनवको रत्ननगरस्थित एकता शिशु निकेतन स्कुलकी छात्रा शालिन पोखरेलको मृत्युबारे यतिबेला विभिन्न कोणबाट बहस भइरहेको छ । उनको मृत्युको विषयमा चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा दायर भइसकेको छ ।

सोही स्कुलको होस्टलको कोठामा गत फागुन १२ गते झुण्डिएको अवस्थामा मृत फेला परेकी शालिनले वारदातको अघिल्लो दिन अर्थात् फागुन ११ गते विद्यालयमै आयोजित ‘इएसएन गट ट्यालेन्ट’ कार्यक्रममा ‘क्षमा पाउँ आमा’ बोलको गीतसमेत गाएको सहपाठीहरूले बयानका क्रममा खुलाएका छन् ।

सरकारी वकिलको रोहवरमा शालिनका सहपाठीले बयान दिने क्रममा वारदातको अघिल्लो दिन शालिन आफैँले एउटा गीत गाउँछु भनेर कार्यक्रममा ‘क्षमा पाउँ आमा’ बोलको गीत पाएकी थिइन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖