• Saturday 17th of October 2026

यिनै रहेछन् पाँचथरमा चट्याङले लागेर मृत्यु भएका प्रहरी सहायक हवल्दार


  • धनकुटा खबर
  • .

विराटनगर । पाँचथरमा चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको ग्रामथान गाउँपालिका-४ घर भएका ३५ वर्षीय पाण्डवकुमार माझी रहेका छन् ।

उनी पाँचथरको गोपेटार प्रहरी चौकीमा कार्यरत थिए ।

गएराति कार्यालयमै चट्याङ लागेर गम्भीर घाइते भएका माझीको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक सुमित कुसुवाहले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मौवामा दरबन्दी रहे पनि मोरङको ग्रामथान–४ का माझी गोपेटारमा कार्यरत थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖