• Saturday 17th of October 2026

झापामा सँगै सुतेका आफ्नै साथीले गरे युवकको हत्या


  • धनकुटा खबर
  • .

झापा । झापामा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ ।

जिल्लाको साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राईको हत्या गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सनमको हत्या उनकै साथी अन्दाजी २५ वर्षीय लोकबहादुर राईले गरेका हुन् । लोकबहादुर गएराति सनमको घरमा गएर सुतेका थिए ।

सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी लोकबहादुरले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖