• Saturday 17th of October 2026

रुसी सेनामा मृत्यु भएका नेपालीको पहिचान गर्न डीएनए संकलन


  • धनकुटा खबर
  • .

काठमाडौँ । रुसी सेनामा भर्ती भएर मारिएका थप नेपालीको शव पहिचानको लागि उनीहरूका निकटस्थ पारिवारिक सदस्यको ‘डीएनए’ नमुना परीक्षण गरेको छन् । टिचिङ अस्पतालमा परिवारका सदस्यको डीएनए परीक्षणका लागि सङ्कलन गरिएको हो । रुस सरकारको आग्रहमा नेपालबाट सम्पर्कमा आएका व्यक्तिको ‘जेनेटिक टेस्ट’ गर्न स्याम्पल पठाउन नमुना सङ्कलन गर्न सुरु गरिएको हो ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले खोमबहादुर भुजेल, विमलकुमार गजमेर, प्रेमप्रकाश न्यौपाने, भीमबहादुर विक, क्षितिज बस्नेत, सोमेश सुनुवार, विजयबहादुर थोकर र जीतेन्द्रबहादुर घिसिङका आफन्तको ‘डीएनए’ परीक्षणका लागि सङ्कलन गरेको हो ।

रुसी सेनामा भर्ना भएका नेपालीमध्ये पछिल्लो समय थप १५ जनाको मृत्यु भएको आशङ्का गरिएको छ। मृत्यु भएकामध्ये नेपालीको शव पहिचान र ‘जेनेटिक टेस्ट’ का लागि उनीहरूका निकटस्थ पारिवारिक सदस्यको डीएनए नमुना पठाइन दिन रुस सरकारले मस्कोस्थित नेपाली राजदूतवासमार्फत आग्रह गरेको थियो।

विभागमा हालसम्म रुसी सेनामा भर्ना भएकामध्ये दुई सय ७१ नेपाली नागरिकका आफन्तले उद्धार तथा खोज यकिन गरिपाऊँ भनेर आवेदन दिएका छन्। परराष्ट्र मन्त्रालयले यसअघि पटकपटक गरी रुसी सेनामा भर्ना भएकामध्ये १९ नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरिसकेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖