• Tuesday 6th of October 2026

प्यारासिटामोल ज्वरोको औषधि हो कि दुखाइको ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्यारासिटामोल ट्याब्लेट ज्वरो वा दुखाइको अवस्थामा खानुपर्छ ? यदि यो प्रश्न सोधियो भने तपाईंको जवाफ पक्कै हुनेछ कि यो ज्वरोको लागि एक औषधि हो। ज्वरोबाट राहत पाउन धेरैजसोले प्यारासिटामोलको प्रयोग गर्छन् । यो औषधि तुरुन्तै ज्वरो कम गर्न धेरै प्रभावकारी छ। तर, कहिलेकाहीँ डाक्टरहरूले दुखाइको अवस्थामा पनि प्यारासिटामोल औषधि सिफारिस गर्छन्।

यस्तो अवस्थामा मानिसहरू अलमलमा पर्छन् र सोच्छन् कि यो औषधि ज्वरोबाट बच्न दिइयो होला। तर, तपाईंलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि दुखाइबाट राहत पाउन पनि प्यारासिटामोल पनि प्रयोग गर्न सकिन्छ। डाक्टरहरु ज्वरो र दुखाइ दुवैमा प्यारासिटामोल प्रयोग गर्न सकिने बताउँछन्। यो औषधिले ज्वरोलाई छिट्टै नियन्त्रण गर्छ र दुखाइबाट पनि राहत दिन्छ। यसलाई इन्फ्लेमेटरी पनि मानिन्छ। यद्यपि, यो ट्याब्लेटलाई हल्कादेखि मध्यम दुखाइमा मात्र प्रयोग गर्न सल्लाह दिइन्छ।

जब दुखाइ गम्भीर हुन्छ, यो औषधिको सट्टा अन्य ट्याब्लेटहरू सिफारिस गरिन्छ। पारासिटामोल अन्य पेनकिलर भन्दा सुरक्षित मानिन्छ र यसै कारण हल्का दुखाइ भएमा पेनकिलरको सट्टा यो औषधि सेवन गर्नुपर्छ। अचानक ज्वरो आएमा पनि यो औषधि सेवन गर्नु सुरक्षित मानिन्छ। तर, पारासिटामोलको मात्रा बढी सेवन गर्दा गम्भीर साइड इफेक्ट हुनसक्छ।

गर्भवती र स्तनपान गराउने महिलालाई पेनकिलरका रूपमा पनि प्यारासिटामोल खुवाउन सकिने तर यस्ता व्यक्तिले चिकित्सकको सल्लाहबिना यो औषधि खानु नहुने डाक्टरहरुको भनाइ छ । कलेजो वा मृगौला सम्बन्धी समस्याबाट पीडित व्यक्तिहरूले धेरै पारासिटामोल खानुहुँदैन। यसो गर्दा समस्या आउन सक्छ।

यदि कसैले प्यारासिटामोल खाएपछि पखाला, एलर्जी, वाकवाकी, भोक नलाग्ने, छालामा दाग वा चिलाउने जस्ता लक्षण देखिएमा यो औषधि तुरुन्त बन्द गर्नुपर्छ। साथै, तपाईंले जतिसक्दो चाँडो डाक्टरसँग परामर्श गर्नुपर्छ। सबै औषधिको साइड इफेक्ट हुन्छ तर पारासिटामोल स्वास्थ्यमा सबैभन्दा कम साइड इफेक्ट हुने औषधि मध्ये एक हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖