• Tuesday 6th of October 2026

अत्यधिक मासु खानेलाई यी रोगको उच्च जोखिम, ख्याल गर्नुहोस।


  • धनकुटा खबर
  • .

अत्यधिक मासु सेवनले मिर्गौलालाई बढी लोड पुर्‍याउने हुन्छ ।

चिल्लो पदार्थ तथा तेलमा पकाएका खानेकुरा मुटुका बिरामीका लागि हानिकारक छ । त्यसैले मासुको प्रयोग कम गर्नुपर्छ ।रक्तचाप भएका बिरामीले चिल्लोयुक्त खानेकुरा र रातो मासु खानुहुँदैन ।

मासु खान मन लागेमा सेतो मासु खानुपर्छ । युरिक एसिडका बिरामीका लागि पनि रातो मासु हानिकारक छ । धेरै मसला हालेर मासु पकाउन हुँदैन । बोसोयुक्त मासु छ भने तातोपानीमा उमालेर बोसोलाई फालेर खानुपर्छ । चिल्लो धेरै हुँदा ब्लड सर्कुलेसनमा असर गर्दछ । खानामा अत्यधिक मात्रामा फलफूल, तरकारी, सागपातको मात्रा बढाउनुपर्छ ।

धेरै मात्रामा मासु खाँदा मधुमेह, मिर्गौला रोगी, मुटुरोगी, उच्च रक्तचापका बिरामी, क्यान्सरका बिरामीलाई हानि गर्छ । स्वस्थ मानिसदेखि बिरामीसम्मलाई मसलायुक्त खानेकुराले असर गर्ने हुँदा चिल्लो तथा मसलायुक्त खानेकुरा नखाँदा नै राम्रो हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖