• Saturday 17th of October 2026

शीतलकृष्ण–सुकृतिको झगडामा श्रीनिवासको इन्ट्रीः नारीको जिन्दगी पेन्डुलम बनाउनु धर्म हो?


  • धनकुटा खबर
  • .

राजविराज– धर्मगुरु भनिने प्रसिद्ध कथावाचक शीतलकृष्ण महाराज भुसाललको हिंसा प्रकरणले केही दिनदेखि सामाजिक सञ्जाल भरिभराउ छ। पत्नि सुकृति पौडेल भुसालले महाराजका कारण आफ्नो जीवन बर्बाद भएको भन्दै पत्रकार सम्मेलन नै गरेपछि यो विषय चर्चामा छ।
सुकृतिका अनुसार उनीमाथि जबरजस्ती डिभोर्स गर्नु पर्ने दबाव छ। आफूमाथि पटक पटक हिंसा गरेका महाराज यतिवेला भारतमा लुकेर बसेको पनि उनले बताएकी छिन्। ‘हाम्रो विवाह भएको तीन वर्ष भयो ।

विवाहपपछि केही महिना राम्रोसँग बिते’ उनले भनेकी छिन्–‘पछि उहाँको दुव्र्यवहार र दुश्चरित्रहरु बहिर देखिन र मैले अनुभव गर्न थालें। मैले सो व्यवहारका विषयमा उहाँलाई बारम्बार भने। तर, वदलाव देखिएन।’
वरु आफुमाथि निर्घात कुटपिट गरेको आरोप उनले लगाएकी छिन्। भ्रुणहत्या गर्नसमेत विवश बनाएको उनको भनाई छ। पछिल्लो समय अकस्मात जिल्ला अदालत नवलपुरमा डिभोर्स फाईल पेश गरेको जानकारी पाएको उनले वताईन ‘म यो अप्रत्यासित र अकल्पनीय खबर सुनेर एक्कासी बेहोस भएँ’ उनी भन्छिन्–‘अहिले वहाँ भागेर भारतमा गएर बस्नु भएको छ।’

उनले ‘मन लागुञ्जेलसम्म सँगै बस्ने अनि मन भरिएपछि विभिन्न बहाना गरेर यसै गरेर छोडपत्र गर्दै जाने प्रवृत्ति के उचित हो र ?’ भन्दै प्रश्नसमेत गरिन्। नारीहरु कुनै खेलौना नभएको पनि स्पष्ट पारिन्।
सकृतिले पत्रकार सम्मेलन गरेपछि धर्मगुरु आचार्य श्रीनिवासले पनि उनीमाथि अन्याय भएको बताएका छन्। हिन्दु धर्मशास्त्रमा डिभोर्सको बारेमा कतै चर्चा नभएको भन्दै उनले डिभोर्सको लागि श्रीमतीलाई बाध्य पार्नु अपराध भएको बताएका छन्।

‘शितलकृष्णलाई पटक–पटक सम्झाएको हो। प्रभु हामी धर्मगुरुहरूले हिंसा गरेको कुराहरू बाहिर आयो भने हाम्रो अस्तित्व रहँदैन। तपाइले श्रीमती के कारणले छोड्दै हुनुहुन्छ? के कारणले डिभोर्स दिँदै हुनुहुन्छ भनेर सोध्दा उहाँले श्रीमतिसँग उपासना पद्धति मिलेन बुबाआमासँग राम्रो व्यवहार भएन। मलाई इच्छा लागेन म डिभोर्स चाहन्छु।’ आचार्यले भनेका छन्–‘डिभोर्स भन्ने शब्द हाम्रो धर्मशास्त्रमा छ? यो क्रिश्चियन पश्चिमाको नीति हो। आज गुरुहरूले डिभोर्स गर्ने कस्तो दिन आयो ? धर्मशास्त्रको मर्यादा अनुसार सात जुनी सँगै बस्छु साथ दिन्छु भनेर अग्निसमक्ष सपथ खाने हो । उसका बुबाआमाबाट कन्यादान लिएर आएका हौ।’

‘व्यासमा जानेबेला श्रीमानको पाउमा चप्पल छैन भने उनी आफू पनि लगाउथिनन्। श्रीमानले नखादाँसम्म भोकै बस्ने नानी हुन् तिनी। मोर्डन भइन रे। आधुनिक शिक्षा पढेकी केटी र आफू संस्कृत पढेको उपासना मिलेन।’ उनले भनेका छन्–‘बिहे गर्नेबेला आखाँ फुटेको थियो। छोरी मान्छेको जीवन निकै संवेदनशील हुन्छ। एकपटक घरबार गरेपछि अर्को घरबार गर्न गाह्रो हुन्छ। उसलाई जीवन जिउन गाह्रो हुन्छ। पुरुषले जतिपनि महारानी पाउँछ। नारीको जिन्दगी पेन्डुलम बनाउनु यही हो धर्म?

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖