• Tuesday 6th of October 2026

‘महाजात्रा’को दुई दिनको कलेक्सन कति ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ले रिलिजको २ दिन राम्रो कलेक्सन गर्न सफल भएको छ ।

फिल्मले पहिलो दिन (शुक्रबार) १ करोड २३ लाखको ग्रस कलेक्सन गरेको र दोस्रो दिन (शनिबार) फिल्मले १ करोड ८३ लाखको ग्रस कलेक्सन गरेको निर्माता म्याक्स दीपेश खत्रीले जानकारी दिए ।

शनिबार फिल्मको देशभरका हलमा दर्शकको उच्च चाप थियो । आइतबार (आज) होलीको बिदा भएकाले पनि फिल्मले राम्रो गर्ने अपेक्षा गरिएको छ । तर होलीका कारण अधिकांश हलमा २ बजेपछि मात्र शो राखिएको छन् ।

प्रदीप भट्टराईको निर्देशनमा तयार भएको यो फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖