• Tuesday 20th of October 2026

यी हुन आज सार्वजनिक बिदा भएका २१ जिल्ला


  • धनकुटा खबर
  • .

काठमाडौं— आज तराई मधेसका जिल्लामा रङहरूको पर्व होली मनाइँदैछ।
हिजो पहाडी र हिमाली जिल्लामा मनाइएको होली आज तराई मधेसका २१ जिल्लामा धुमधामका साथ मनाइँदैछ। होलीको अवसरमा तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ।

आज होली मनाउने नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी(बर्दघाट सुस्ता पश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा सार्वजनिक बिदा दिइएको छ।

मगर, थारु समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पनि आज होली पर्व मनाइँदै छ । सबै प्रकारका भेदभावलाई भस्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वको रूपमा लिने गरिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖