• Tuesday 6th of October 2026

“महाजात्रा’को तीन दिनमा चार करोड २६ लाख ग्रस कलेक्सन


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कथानक चलचित्र ‘महाजात्रा’ले तीन दिनमा चार करोड २६ लाख ग्रस कलेक्सन गरेको छ ।

शुक्रबारबाट रिलिज भएको चलचित्रले आइतबारसम्म चार करोड २६ लाख ग्रस कलेसक्न गरेको हो ।

निर्माता दीपेश खत्री ‘म्याक्स’का अनुसार सिनेमाले शुक्रबार एक करोड २३ लाख, शनिबार एक करोड ८३ लाख र आइतबार एक करोड २० लाख ग्रस कलेक्सन गरेको छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रले शुक्रबार ३४२ भन्दा धेरै शो पाएको थियो । त्यसयता हलहरूले शो थप्दै गएका छन् ।

‘महाजात्रा’ नेपाली बसोबास गर्ने विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा रिलिज भएको छ ।

आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै चलचित्रको मुख्य कथा हो । चलचित्रमा विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, हरिवंश आचार्यलगायत कलाकार मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖