• Saturday 17th of October 2026

सुपारी चोर्दै गर्दा बगानबाटै चोर पक्राउ


  • धनकुटा खबर
  • .

बिर्तामोड । झापाको अर्जुनधारामा सुपारी चोर्दै गरेको अवस्थामा बगानबाटै चोर पक्राउ परेका छन् ।

आज बेलुकी अन्दाजी ७ बजे अर्जुनधारा–५ फुलबारी टोलस्थित देवि गिरीको सुपाडी बगानबाट काचो सुपारी झारी बोरामा लगाएर लैजादै गरेको अवस्थामा २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा–७ बस्ने सुनिल राई र अर्जुनधारा–८ बस्ने ‘आलो’ भनिने सुरज मण्डल रहेको प्रहरीले बताएको छ ।

उनीहरुको साथबाट ५ वटा बोरामा भरेको १ सय ८३ किलो सुपारी बरामद गरिएको बताइएको छ ।

सुपाडीसहित पक्राउ परेका उनीहरुलाई प्रहरी चौकी शनिश्चरेको टोलिले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा जिम्मा लगाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖