• Saturday 17th of October 2026

चारजना मृतावस्थामा फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । विभिन्न स्थानमा चारजना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-२ कृषेपु बस्ने ५० वर्षीय खड्ग बहादुर कार्की आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी संखुवासभाको मकालु गाउँपालिका-५ माङसिमा राई गाउँ बस्‍ने ६६ वर्षीय हरि प्रसाद राई सोही ठाउँस्थित सुसम्बा भिरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । आइतबार बाख्रा चराउन गएका घर नफर्किए पश्चात खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

दोलखाको मेलुङ गाउँपालिका-७ सितली ज्यामिरेस्थित पाखामा पनि एक पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी दोलखाकै भिमेश्वर नगरपालिका-२ तामाकोशी नदीमा अन्दाजी ३१ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖