• Tuesday 20th of October 2026

ढोलाहिटी ‘ग्याङफाइट’मा ५ जनालाई कर्तव्य ज्यानमा अनुसन्धान गर्ने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं। ललितपुरको ढोलाहिटीमा २ जनाको ज्यान जाने गरी भएको ग्याङ फाइटमा ५ जनालाई कर्तव्य ज्यानमा अनुसन्धान गर्ने तयारी भएको छ।ललितपुर प्रहरी प्रमुख शेखर खनालले पक्राउ परेकामध्ये ५ जनालाई कर्तव्य ज्यानमा म्याद थपेर अनुसन्धान गर्ने तयारी भइरहेको बताए।

‘अन्यको हकमा थप अनुसन्धानबाट मात्र के गर्ने भन्ने खुल्ने छ’, एसएसपी खनालले भने।आइतबार साँझ भएको घटनामा दुई फरक समूहका पूजन राई र रोबस राईको छुरा प्रहारबाट मृत्यु भएको थियो। सोमबार बिहानसम्म प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले घटना भएको डी पोपिना खाजा घरका सञ्चालक विजय राईले छुरा प्रहार गरेको जनाएको छ। उनी लागु औषध मुद्दामा दुई वर्ष जेल बसेर २०७७ सालमा छुटेका थिए। प्रहरीका अनुसार दुई समूहबीच गत तिहारदेखि विवाद रहेको पाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖