• Tuesday 20th of October 2026

देउवासँगको गोप्य भेटपछि फेरियो प्रचण्डको बोली : मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन्


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्ता गठबन्धनले पनि काम गर्न नसके आफू पद ओगटेर बस्ने पक्षमा नरहेको जिकिर गरेका छन् । सिंहदरबार आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले परिणाम देखिनेगरी काम गर्नकै लागि नयाँ सत्ता समीकरण बनाएको भन्दै आफू पद ओगटेर बस्ने पक्षमा नरहेको दाबी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गोप्य भेट भएको भोलिपल्टै अर्को उथलपुथलको कुरा आएको हो । यसअघि प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सहकार्य गरेकै दिन आफू बाँचुञ्जेल देशमा उथलपुथल हुने बताएका थिए ।

उनले भने,‘सुशासन कायम गरेर विकासलाई गति दिने कामलाई पनि भएका छन्। अहिले समीकरण चेन्ज भएको छ। गण्डकीको मुख्यमन्त्रीज्यूले उथलपुथलकारी कदम भनिदिनुभयो। उथलपुथल त मैले भनेको थिएँ। म साँचै भन्छु कुनै पनि काम अगाडि बढ्न सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन। त्यो अरूलाई भनेको होइन। मेरै लागि भनेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖