• Tuesday 20th of October 2026

दमकको भाटभटेनी सुपरमार्केटमा ओलीको सुपर फोटोसुट


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली यतिवेला गृहजिल्ला झापामा छन् ।

जिल्लाको अधिवेशन उद्घाटन गर्न झापा पुगेका ओली विभिन्न कार्यक्रममा व्यस्त छन् । यसैबीच ओली आज झापाको दमकमा रहेको भाटभटेनी सुपरमार्केटमा छिरेका छन् ।

सो क्रममा उनले सुपरमार्केटका स्टाफदेखि सपिङका लागि आएकाहरुसँग भलाकुसारी गरेका छन् । ओलीको भाटभटेनी टुर उनको सचिवालयले क्यामेरामा पनि कैद गरेको छ ।

उनी पार्टीका उपाध्यक्ष रामबहादुर थापा र नेता शेरधन राईलगायतसहित भाटभटेनीको अवलोकन भ्रमणमा व्यस्त देखिन्छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖