• Tuesday 20th of October 2026

मिलन लिम्बुलाई संगठनको सबै जिम्मेवारीबाट हटाइएको छ : प्रेस सेन्टर


  • धनकुटा खबर
  • .

काठमाडौ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका मिलन लिम्बुलाई माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालले निस्कासन गरेको जनाएको छ ।

लिम्बु प्रेस सेन्टरको केन्द्रीय सचिवको जिम्मेवारीमा थिए । उनी माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेर निर्वाचनको तयारीमा होमिएका थिए । उनै लिम्बुलाई रास्वपाले विहीबार उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

उनले संगठनको ‘नीति, विधि, विधान र आचरण विपरीत’ काम गरेको आरोप प्रेस सेन्टरले लगाएको छ । प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले आज विज्ञप्ति जारी गर्दै लिम्बुलाई आजकै मितिदेखि सबै जिम्मेवारीबाट हटाइएकोे जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖