• Tuesday 20th of October 2026

बिदा मनाउन घर आएकी डा. प्रतिभा शौचालयमा मृत


  • धनकुटा खबर
  • .

काठमाडौं। काठमाडौंको छाउनीमा एक डाक्टर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन्।३४ वर्षीया प्रतिभा धौबडेल शौचालयभित्र झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। श्रीमानले तत्कालै अस्पताल पुर्‍याए पनि उनलाई मृत घोषणा गरिएको थियो।

धादिङ जिल्ला अस्पतालमा कार्यरत धौबडेल एक साताअघि बिदा मनाउन घर आएकी थिइन्। उनका श्रीमान् पनि डाक्टर हुन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार धौबडेल डिप्रेसनकी बिरामी थिइन्। उनले औषधी सेवन पनि गर्दै आएको प्रहरीले जनाएको छ।

४ वर्षअघि विवाह भए पनि बच्चा भने थिएनन्। ‘प्रारम्भिकरुपमा हेर्दा आत्महत्या नै देखिन्छ। थप अनुसन्धान भइरहेको छ’, काठमाडौं प्रहरी परिसरका एक अनुसन्धान अधिकारीले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖