• Tuesday 20th of October 2026

न्युजिल्यान्डमा भएको सवारी दुर्घटनामा नेपाली युवकको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ : न्युजिल्यान्डमा भएको सवारी दुर्घटनामा एकजना नेपाली युवकको मृत्यु भएको छ।धनुषाको शहिदनगर नगरपालिका घर भएका ३३ वर्षीय सुरेन्द्र सर्वरियाको सवारी दुर्घटनामा परी मृत्यु भएको एनआएएनए न्युजिल्यान्डका प्रवक्ता रामहरि पाण्डेले जानकारी दिए। सर्वरियाको शव अहिले अस्पातलमै छ। शव नेपाल पठाउनेबारे आवश्यक प्रक्रिया सुरु गरिएकाे पाण्डेले बताए। ‘शव नेपाल पठाउन १८ हजार न्युजिल्यान्ड डलर लाग्ने अनुमान गरिएको छ,’ पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मृतक सर्बरियाको पारिवारिक आर्थिक अवस्था अत्यन्तै नाजुक भएको र सो रकम जम्मा हुन नसके मृत शरीर नेपाल लैजान कठिन हुने भएकाले एनआरएनए न्युजिल्यान्डले आर्थिक सहयोग संकलन सुरु गरेको छ।’

पाण्डेले न्युजिल्यान्डमा रहेका सम्पूर्ण नेपालीलाई आर्थिक सहयोगको लागि अपिल गरेका छन्। सर्विरयाका श्रीमति, एक छोरा र एक छोरी धनुषास्थित घरमै छन्। कोठाबाट काममा जाने क्रममा उनी सवारी दुर्घटनामा परेका हुन्। सुरेन्द्र पन्ध्र महिनाअघि मात्रै रोजगारीको लागि न्युजिल्यान्ड पुगेका थिए। उनी डेरी फार्ममा काम गर्थे। पाण्डेले उनको शव नेपाल पठाउन सहयोगको लागि १२-३०६६-०१४८९१७-०४ नम्बरको खाता नम्बर पनि सार्वजनिक गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖