• Tuesday 20th of October 2026

दोहा उडेको ४५ मिनेटपछि निगमको जहाज काठमाडौं फर्कियो


  • धनकुटा खबर
  • .

काठमाडौं । बिहीबार राति साढे १० बजे काठमाडौंबाट दोहा उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं नै फर्केको छ ।

जहाजमा समस्या आएपछि ४५ मिनेट उडेको जहाज काठमाडौं फर्काएर ल्याण्ड गरिएको हो । नेपाल एयरलाइन्सका प्राविधिक म्यानेजर देवेन्द्र पुनले ४५ मिनेट उडेर जहाज काठमाडौंमा नै ल्याण्ड भएको बताए ।

उनले भने, ‘नेपाल एयरलाइन्सको वाइडबडी ए-३३० को जहाज हिजो राति साढे १० बजे उडेको थियो । हाइड्रोलिकमा समस्या आएपछि सो जहाज पुनः राति ११ बजेर १५ मिनेटमा ल्याण्ड भएको हो । अर्को जहाज व्यवस्थापन गरेर करिब २ घण्टापछि यात्रुहरूलाई दोहा पठाइसकिएको छ ।’

जहाजमा २ सय ६३ जना यात्रु रहेका थिए । जहाज करिब ७० नटिकल माइल उडेपछि काठमाडौं आएको हो ।
दोहा उडेर हाइड्रोलिकमा समस्या आएको जहाज अहिले बनिसकेको छ । त्यो जहाजलाई दिल्ली उडाउने तयारी रहेको एयरलाइन्स बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖