• Tuesday 20th of October 2026

त्यस्ता ठग जसले मन्त्रीसँगको फोटो देखाएर ठगे लाखौँ


  • धनकुटा खबर
  • .

रौतहट । देशको विभिन्न जिल्लामा पुगेर मन्त्री तथा भीआईपीहरुसँगको आफ्नो तस्बिर देखाएर लाखौँ रुपैयाँ ठगी गर्दै आएका गौरका एक जना युवक पक्राउ परेका छन् ।

त्रिवि शिक्षण अस्पताल काठमाडौँस्थित बीए नर्सिङमा नामाङ्कन गराउने नाउँमा लाखौँ रुपैयाँ ठगी गरेका रौतहटको सदरमुकाम गौरका पवनकुमार सोनी पक्राउ परेका हुन् ।

बहालवाला तथा पूर्वमन्त्रीहरु तथा अन्य भीआईपीसँग आफ्नो फोटो देखाएर भीआईपी कोटामा बीए नर्सिङमा नामाङ्कन गराउने नाउँमा लाखौँ ठगेका स्थानीय दुर्गा भगवती गाउँपालिका ६ घर भएर गौर ५ बस्ने रामएकवाल साह सोनारका छोरा ३० वर्षीय पवनकुमार सोनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्।

सोनीले शिक्षण अस्पतालको बीए नर्सिङमा नामाङ्कन गराउने भनेर डोटी जिल्ला शिखर नगरपालिका ११ का जोगबहादुर बोहराको छोरी बिमला बोहरासँग आठ लाख १० हजार ३७५ रुपैयाँ ठगेको उजुरीको आधारमा पक्राउ गरिएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् ।

सोनीलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिलगढी डोटी पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖