• Tuesday 20th of October 2026

रास्वपाले आज दिउँसो १ बजे इलाम नगरपालिका–७ लाँकुरी चौतारा बजारमा उम्मेदवार घोषणा गर्ने


  • धनकुटा खबर
  • .

काठामाडौं, १७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि आज उम्मेदवार घोषणा गर्दैछ । रास्वपाबाट मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै भैसकेको छ ।

पूर्व घोषणाअनुसार शनिबार दिउँसो १ बजे इलाम नगरपालिका–७ लाँकुरी चौतारा बजारमा रास्वपाले लिम्बुलाई उपनिर्वाचनको उम्मेदवार घोषणा गर्न लागेको हो।

सो कार्यक्रमको लागि सभापति रवि लामिछाने र उपसभापति डा.स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सह महामन्त्री कवीन्द्र बुर्लाकोटीलगायत शुक्रबार नै इलाम पुगिसकेका छन्।

उक्त क्षेत्रको उपनिर्वाचनका लागि हालसम्म (नेकपा) एमालेले भदौ २६ गते निधन भएका एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङका कान्छा छोरा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको छ । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ मा उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖