• Tuesday 20th of October 2026

यो साता सुनको मूल्यमा बन्यो कीर्तिमान


  • धनकुटा खबर
  • .

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा प्रतितोला ३ हजार ५०० रुपैयाँले सुनको मूल्य बढेको महासङ्घले जनाएको हो ।

गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँ थियो । यस्तै, गत शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँ थियो । जसमा यो साताको शुक्रबारसम्मको अवधिमा प्रतितोला ३५ सय रुपैयाँको वृद्धि आएको हो ।

यससँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँ कायम छ । यो नेपाली सुनचाँदी बजारमा अहिलेसम्मकै कीर्तिमानी मूल्य हो । यसअघि सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ पुगेको थिएन ।

यो साता लगातार यसअघिको कीर्तिमानी मूल्यको ‘रेकर्ड ब्रेक’ गर्दै नयाँ कीर्तिमान कायम गरेको हो । यो साताको बिहीबार नै सुनको मूल्य १ लाख २७ हजार ९०० रुपैयाँ कायम हुँदै यसअघिको कीर्तिमान तोडेको थियो । जुन कीर्तिमान पुनः शुक्रबार तोडिँदै सुनको मूल्य प्रतितोला १ लाख ३० हजार पुगेको हो ।

यो साता चाँदीको मूल्य समेत प्रतितोला २५ रुपैयाँले बढेको छ । गत साताको शुक्रबार तोलामा १५ सय रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबारसम्म

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖