• Wednesday 21st of October 2026

रवि लामिछानेले सहकारीको २५ करोड खाएको प्रमाण छः ज्ञानेन्द्र शाही


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीको २५ करोड रुपैया खाएको प्रमाण भेटिएको दाबी गरेका छन् । हिजो (प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

सांसद शाहीले लामिछाने सञ्चालक र शेयर धनी रहेको गोर्खा मिडियाले सहकारी ऐन विपरीत सहकारीबाट लोन लिएकोसमेत बताए । उनले उक्त प्रकरणमा जिवी राई, रवि लामिछाने र अर्का एक जना पूर्व डीआईजी छविलाल जोशी तीन जना बराबर दोषी रहेको उनले बताए ।

‘सहकारीमा उहाँले २५ करोड रुपैयाँ खाएको प्रमाणसहित छ । उहाँ जुन टेलिभिजनको सञ्चालक हुनुहुन्थ्यो, त्यो टेलिभिजनले ऋण लगेको छ । उहाँले कानुन पढ्नु भएको छैन भने त मैले केही भन्नु छैन । थाहा छैन भन्नुहुन्छ ।’ उनले भने, ‘नेपालको कानुनमा जाने हो भने सहकारी ऐनको दफा ४६ र ५० लागू हुन्छ । कुनै पनि सदस्य नभएको मानिसले लोन लिन पाइँदैन ।

कुनै पनि व्यक्तिले आफ्नो निजी फाइदाको लागि सहकारीको दुरुपयोग गर्न हुँदैन । त्यसमा उहाँ कर्मचारी पनि होईन । सञ्चालक हुनुहुन्छ । शेयर धनी पनि हुनुहुन्छ । जिबी राई, रवि लामिछाने र अर्का एक जना पूर्व डीआईजी हुनुहुन्छ । तीन जना दोषी छन् ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖