• Monday 5th of October 2026

टेक्ससमा एक नेपालीको निधन ,मुख हेर्ने बुवाआमाको अन्तिम इच्छा र शव नेपाल पठाईने


  • धनकुटा खबर
  • .

अमेरिकाको टेक्सस राज्यमा सन् २०१६ मा विविधता चिट्ठा(डिभी लटरी) परेर आएका नेपाली मूलका २७ बर्षिय आशिष भट्टको टेक्ससमा निधन भएको छ । आमाबुवाको एक मात्र छोरा र बुवा बिरामी समेत रहेकोले छोराको मुख हेर्ने अन्तिम इच्छा रहेकोले शव नेपाल पठाउन नेपाली समाज टेक्ससले यस सम्बन्धमा काम गरि रहेको छ ।

अमेरिकाकै क्रियाशील गैर मुनाफा समाजिक सँस्था नेपाली समाज टेक्सस(एनएसटी )ले उनको शवलाई नेपाल पठाउन वाशिंगटन डिसी स्थित नेपाली दुताबास तथा दाह संस्कार गृहसँग समन्वय गरि रहेको संस्थाका कार्यकारी समिति सदस्य विजय भुसालले ईनेप्लिजलाई बताए ।

अनुसन्धनकर्ताको यस घटना सम्बन्धि पूर्ण प्रतिवेदन नआई सकेकोले पूर्ण प्रतिवेदन आए पछि बिस्तृत जानकारी गराइनेछ ।

स्व भट्ट अर्बिंग शहरमा बसोबास गर्दै आएका आमाबुवाका एक्लो छोरा र अबिबाहित रहेका थिए । उनको नेपाल पठाउन लाग्ने खर्च जुटाउन गो फन्ड मी खाता खोलिएको छ । उक्त गो फन्ड मी सम्बन्धित व्यक्तिका आफन्त सुजन भट्टले खोलेका हुन । आज सेप्टेम्बर ९ ,शनिबारका दिन खोलिएको उक्त खाताको लक्ष्य २५ हजार डलर राखिएको छ भने ६ घण्टा मै ६ हजार डलर संकलन भै सकेको छ ।

गो फन्ड मी खोल्ने सुजन भट्टले पनि केही लेख्दै सबैलाई सहयोगको लागि आह्वान गरेका छन् । प्रहरीले उक्त घटना पछि स्व भट्टको सबै व्यक्तिगत सामानहरु लागेको छ भने कार्यालय सोमबार देखि शुक्रबार मात्र खोलिने भएकोले थप जानकारी सोमबार मात्र आउने भएको भुसालले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖