• Wednesday 21st of October 2026

सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन


  • धनकुटा खबर
  • .

काठमाडौं, वैशाख ६ । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दावी पेस गर्ने आज अन्तिम दिन रहेको छ। यसअघि पेस गरिएका दुवै दाबी अस्वीकृत भएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को (२) अनुसार अर्को दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समयसीमा दिएका थिए । उक्त दुई दिनको समय आज साँझ सकिनेछ ।

सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । तर दुईमध्ये कसैका पक्षमा पनि बहुमत सदस्य नदेखिएपछि आज एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् ।

सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमति अनुसार सुदूरपश्चिमको नेतृत्व एकीकृत समाजवादीले गर्ने सहमति भएपनि एकीकृत समाजवादीका नेता सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने एमालेले जनाएको छ। स्रोतका अनुसार एमालेले सोडारीबाहेकका जोसुकैलाई पनि मुख्यमन्त्रीमा समर्थन गर्न सकिने तर, उनलाई मुख्यमन्त्री बनाउन नहुने अडान लिएको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्तिका सात नेकपा (एकीकृत समाजवादी)का चार राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖