• Monday 5th of October 2026

धरानमा उपमेयरका भाइमाथि आक्रमण : दोहोरो झडपपछि खुकुरी प्रहार, घरमा तोडफोड


  • धनकुटा खबर
  • .

दुई समूहमाथि दोहोरो झडप हुँदा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाका भाइ विष्णु बेघामाथि खुकुरी प्रहार भएको पाइएको छ । दोहरो झडप हुँदा उनी घाइते भएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट विष्णुको देब्रे गालामा चोट लागेको छ ।

धरान १५ स्थित सूर्यबस्तीमा रहेको उपमेयर बेघाको घरमै प्रवेश गरेर युवाहरूको समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

‘दुई पक्षबीच झडप हुँदा उपमेयरका भाइ विष्णु घाइते भएका छन्,’ सुनसरी प्रहरी प्रमुख विपिन रेग्मीले लोकान्तरसँग भने ‘केही व्यक्तिलाई हामीले नियन्त्रण पनि लिएका छौँ ।’

घटना के कारणले भएको हो भनेर अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ । उपमेयर बेघाको घरसमेत तोडफोड भएको छ ।

तोडफोडबाट बेघाको घरको झ्यालको सिसा फुटेको स्थानीयले बताएका छन् । घर तोडफोड गर्न थालेपछि तत्काल खबर गर्दासमेत प्रहरी नपुगेको उपमेयर बेघाले गुनासाे गरेका छन् ।

उनले घटना घट्नेबित्तिकै प्रहरी बोलाउँदासमेत प्रहरी नआउनुले धरानको शान्ति सुरक्षामा प्रश्न उठेको भन्दै आक्रोश व्यक्त गरेका छन् । बेघा माओवादी केन्द्रबाट निर्वाचित उपमेयर हुन् । -उत्तम पोखरेल/लोकान्तर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖