• Wednesday 21st of October 2026

दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त


  • धनकुटा खबर
  • .

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमान इयुक्त भएका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई विहिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

सोडारीले आजै माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित प्रदेश प्रमुख मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । प्रदेशमा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछ । 

सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् । 
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖