• Wednesday 21st of October 2026

मुख्यमन्त्रीकाे शपथ ग्रहण कार्यक्रमबाट बाहिरिए नाउपाका सांसद


  • धनकुटा खबर
  • .

सुदूरपश्चिमका मुख्यमन्त्रीकाे शपथ ग्रहण कार्यक्रमबाट नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद बाहिरका छन्।

आफूहरूलाई बिना मन्त्रालय मन्त्रीकाे जिम्मेवारी दिइएको भन्दै नाउपाका समर्थक सांसदहरू शपथ ग्रहण कार्यक्रमबाट बाहिरका हुन्।

बिहीबार नै उन्मुक्तिबाट दुई जनालाई मन्त्रीमा नियुक्त गर्ने तयारी थियाे।
बिना विभागीय मन्त्रीकाे शपथ नलिने उनीहरूले बताएका छन्।
अहिले माओवादी र एकीकृत समाजवादीका सांसदहरू उनीहरूसँग कुरा गरी सहमति गराउने प्रयासमा छन्।

बिहीबार साँझ प्रदेश प्रमुख नाजिर मियाँले नवनियुक्त मुख्यमन्त्रीका रूपमा दीर्घ साेडारीलाई पद तथा गाेपनीयताकाे शपथ गराएका हुन्।

नेकपा माओवादीका १०, एमालेका १०, नागरिक उन्मुक्तिका २, स्वतन्त्रका १ र एकीकृत समाजवादी पार्टीका ४ जना सांसदको लिखित सर्मथन साेडारी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

पद तथा गाेपनीयताकाे शपथपछि पदभार ग्रहणकाे कार्यक्रम छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖