• Wednesday 21st of October 2026

देउवासँग भेटेका योगेशले भने–कुरा मज्जाको भयो


  • धनकुटा खबर
  • .

काठमाडौं, ७ बैशाख । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवासँग मजाको कुरा भएको बताएका छन् । नेकपाको ७५औं स्थापना दिवसको अवसरमा एमालेले यही बैशाख १० गते गोदावरीस्थित् सनराई हलमा गर्ने समारोहको लागि अतिथिको निम्तो दिन देउवा निवास बुढानिलकण्ठ पुगेका भट्टराईले यस्तो बताएका हुन् ।

पछिल्लो समय एमाले र कांग्रेसबीच सत्ता–सहकार्यको चर्चा चलिरहेको बेलामा भट्टराईले देउवासँग ‘कुरा मजाको भयो’ भन्दै कुटनीतिक भाव झल्किने टिप्पणी गरेका हुन् । उनले फेशबुकमा लेखेका छन्–

कुरा मजाको भयो अनि निमन्त्रणा पनि गरियो ! नेपाल कम्युनिष्ट पार्टीको ७५ औ स्थापना दिवसका अवसरमा नेकपा एमालेद्वारा यही बैशाख १० गते ललितपुर, गोदावरी स्थित सनराइज हलमा हुने भब्य समरोहमा अतिथिकाका रुपमा उपस्थितिका लागि नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रम माननीय शेरबहादुर देउवाज्यूलाई पार्टीका तर्फबाट निमन्त्रणा गरेका छौ ।

साथमा बुढानीलकण्ठका नगर प्रमुख मिठाराम अधिकारी नेकपा एमालेका काठमान्डौ जिल्ला अध्यक्ष दिपक निरौला, पार्टीका बुढानीलकण्ठ नगर अध्यक्ष प्रदिप डंगोल र वडा नं २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖