• Wednesday 21st of October 2026

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्।
रूखा, खोकी लागेकाले घरमै स्वास्थ्य लाभ गरिरहेको उनको सचिवालयले जानकारी दियो।

‘अध्यक्षज्यूलाई रूघाखोकी लागेको छ। भीडभाडमा जाँदा संक्रमणको जोखिम हुने भएकाले घरमै आराम गरिरहनुभएको छ,’ सचिवालयले भन्यो।

अध्यक्ष ओली अस्वस्थ भएपछि ललितपुर गोदावरीस्थित सनराइज हलमा चलिरहेको महाधिवेशन प्रतिनिधि परिषद्को अध्यक्ष वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका छन्।

प्रतिनिधि परिषद्को दोस्रो दिनको बैठकमा आइतबार ६ वटा समूह बनाइएको छ।

समूहमा शनिबार पेश भएको राजनीतिक, सांगठनिक र केन्द्रीय निकाय (लेखा, कानुन, अनुशासन आयोग र सल्लाहकार परिषद्) हरूको प्रतिवेदनमाथि छलफल भइरहेको छ।

प्रतिनिधि परिषद्को बैठकमा २ हजार ४५४ जना प्रतिनिधि सहभागी छन्।
टोली नेताहरूले दस्तावेजमाथि आ–आफ्नो समूहको छलफलको निचोड सुनाउनेछन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायतले उठेका प्रश्नको जवाफ दिएर प्रतिनिधि परिषद्को बैठक सकिनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖