• Thursday 22nd of October 2026

इलाममा आज रातिदेखि नै मतगणना सुरु गरिने


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ वैशाख । प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम–२ मा मतदान जारी रहेको छ ।

आज (शनिबार) विहान ७ बजेबाट सुरु भएको मतदाना बेलुका ५ बजेसम्म जारी रहने बताइएको छ ।

निर्वाचन आयोगले मतगणना सकिनेबित्तिकै इलाम–२ को मतगणना सुरु गर्ने बताएको छ । सबै मतदान केन्द्रबाट बेलुका १० बजेसम्म मतपेटिकाहरु संकलन भइसक्ने आयोगको अनुमान छ । आयोगले यस राति १२ बजे अगावैबाट मतगणना प्रारम्भ गर्ने तयारी रहेको बताएको छ ।

इलाम–२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् । इलाम– २ मा ७९ मतदान स्थल र एक सय ४९ वटै मतदान केन्द्र छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖