• Thursday 22nd of October 2026

आफ्नै वडामा रास्वपा उम्मेदवार मिलनलाई ९६ मत


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ मा अपेक्षाकृत भोट ल्याउन सकेको छैन।
अहिलेसम्म २३ हजार २०५ सदर मत गणना हुँदा रास्वपा उम्मेदवार मिलन लिम्बूले १४०१ मत प्राप्त गरेका छन्।

लिम्बूले आफ्नै वडामा पनि एक सय मत कटाउन सकेनन्।

माङसेबुङ गाउँपालिका वडा नम्बर २ को मतगणना सकिँदा रास्वपाका लिम्बूले ९६ मत मात्रै प्राप्त गरेका छन्।

त्यो वडामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले ५८६ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ३५१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

माङसेबुङ-२ मा मुढा चिह्न भएका उम्मेदवार डकेन्द्र सिंह थेगिमले पनि अपेक्षा गरेअनुसार भोट ल्याएनन्। उनले त्यो वडामा ३१७ मत मत प्राप्त गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖