• Friday 23rd of October 2026

सुनको कति हुँदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर १ लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य बुधबार पनि कायमै रहेको छ ।

यस्तै तेजावी सुन तोलामा १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार हुँदा चाँदीको भाउ पनि स्थिर रहेको छ ।

महासंघका अनुसार सोमबार तोलामा १ हजार ६६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १ हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार पनि चाँदी तोलामा १ हजार ६७५ रुपैयाँमै कारोबार भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖