• Friday 23rd of October 2026

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु, आठ घाइते


  • धनकुटा खबर
  • .

ताप्लेजुङ, वैशाख २६ गते। ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका-४ डुम्रिसेमा बुधबार ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय किरण तामाङका नौ वर्षीय छोरा मानस तामाङको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार काबेली खोलादेखि डुम्रिसेको माखोजतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो। सो दुर्घटनामा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिनुभयो।

यस्तै ट्याक्टर दुर्घटनामा अन्य आठ जना घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पतालतर्फ लैजाँदै गरिएको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖