• Friday 23rd of October 2026

जसपा फुटको तरङ्गले माधव नेपाल त्रसित, अब त यस्तो भन्न थाले


  • धनकुटा खबर
  • .

काठमाडौं – सरकार परिवर्तनको हल्ला चलाएर धम्की दिइरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल जनता समाजवादी पार्टी, नेपाल फुटेपछि झस्किएका छन् । उपेन्द्र यादवको पार्टी फुटेपछि माधव नेपाल त्रसिदै वर्तमान सरकारको बचाउ गर्न थालेका छन् ।

उनले प्रचण्ड नेतृत्वको सरकार निरन्तर अगाडि बढ्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले सरकार अहिलेजस्तै निरन्तर चलिरहने बताएका हुन्। उनले पार्टीले सरकारलाई आगामी नीति तथा कार्यक्रमका साथै बजेटका बारेमा सुझाव दिन लागेको बताए।

रोजगारी सिर्जना गर्ने र मुलुकलाई आर्थिक रुपमा सवल गर्ने क्षेत्रलाई प्राथमिकतामा राख्ने गरि सरकारले कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए। त्यस्तै उनले नारायणहिटिलाई इतिहासलाई झल्काउने गरि संग्रहालयको रुपमा थप विकसित गर्नुपर्ने र त्यहा रहेका सरकारी कार्यालयलाई हटाउनुपर्ने बताए।

उनले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउदै अघि बढ्नुपर्ने धारणा राखे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖