• Friday 23rd of October 2026

बाँके घटना : गोली लागेका सुशीलको भेरी अस्पतालमा उपचार हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा गोली लागेको बाँकेका एसपी तुल बहादुर कार्कीले रातोपाटीलाई बताए ।

परियार कोहलपुर नगरपालिका–१२ चप्पलगौँडाका स्थानीय हुन् । परियार सहितको समूहले नेपाल भारत सिमानामा बसेर लागु औषध कारोबार गर्ने गरेको सुराकको आधारमा लागु औषध नियन्त्रण ब्युरोका इन्स्पेक्टर रुपेश विष्ट र सई बालकृष्ण सन्जेल नेतृत्वको टोलीले उनीहरूलाई पछ्याइरहेका थिए । कोहलपुरका पिप्रहवामा प्रहरीलाई देखेर भाग्न खोजेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको एसपी कार्कीले जानकारी दिए ।

प्रहरीले उनीसँगै रहेका २७ वर्षीय प्रमोद कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ । परियारलाई १ गोली लागेको छ । उनको भेरी अस्पतालमा उपचार भइरहेको एसपी कार्कीले बताए । उनीहरूको साथबाट ११० ग्राम ब्राउन सुगर समेत बरामद भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖