• Friday 23rd of October 2026

गुरुङको निधनपछि कांग्रेस संसदीय दलको बैठक स्थगित


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ । आज दिउँसो २ बजेका लागि बोलाईएको बैठक स्थगित भएको हो ।

पूर्वमन्त्री, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य सूर्यमान गुरुङको निधनका कारण बैठक स्थगित गरिएको हो । गुरुङको बैशाख २५ गते निधन भएको थियो भने आज अन्त्येष्टि गरिँदैछ ।

बैठक भोलि बिहान ८ र साढे ८ बजे बानेश्वरस्थित संघीय संसद भवन ल्होत्से हलमा बस्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖