• Friday 23rd of October 2026

बसबाट खसेर ४ वर्षीया बालिकाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । ललितपुरमा बसबाट खसेर एक बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा महांकाल गाउँपालिका-६ ठूलादुर्लुङकी चार वर्षीया आर्या सन्जेल छिन् ।बिहीबार बिहान पौने १० बजे गोदावरी नगरपालिका-१० टाखेलमा बा ४ ख ७०४ नम्बरको यात्रुवाहक बस रोक्ने क्रममा सन्जेल खसेकी थिइन्।

दुर्घटनापछि गम्भीर घाइते सन्जेलको उपचारको लागि बिएण्डबी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖