• Wednesday 7th of October 2026

अस्ट्रेलिया जानेका लागि मेडिकल अप्वाइन्टमेन्ट अब अर्बिटबाट


  • धनकुटा खबर
  • .

काठमाडौँ । अस्ट्रेलिया जानेहरूका लागि मेडिकल अप्वान्टमेन्ट लिनका लागि अर्बिट मेडिकल इन्ट्रान्सले सिद्धी पोलिक्लिनिकसँग सम्झौता गरेको छ ।

सम्झौतामा अर्बिटको तर्फबाट महाप्रबन्धक एल्सन थापा र पोलिक्लिनिकको तर्फबाट प्रमुख मार्केटिङ अधिकृत विजयकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

ब्रिटिस काउन्सिल आईईएलटीएसका साझेदारहरूलाई एकै छानामुनि सबै सुविधा उपलब्ध गराउन मेडिकल अप्वान्टमेन्टको सुविधा दिन लागिएको जानकारी दिएको छ ।

अर्बिटमार्फत सिद्धी पोलिक्लिनिकमा स्वास्थ्य परीक्षण गराउनेले १५ प्रतिशत छुट पनि पाउनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖