• Friday 23rd of October 2026

राष्ट्रपतिका सल्लाहकारलाई एमालेको प्रश्न: नेपालको नोटमा नेपालको नक्सा छाप्दा तपाईंको टाउको दुखाइ किन ?


  • धनकुटा खबर
  • .

काठमाडौं,२८ वैशाख । नेकपा एमालेले नेपालले नेपाली नोटमा नेपालको नक्सा छाप्ने निर्णय गरेको विषयमा राष्ट्रपतिका अर्थ विज्ञ डा.चीरञ्जिवी नेपालले दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएको छ ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले नेपालको नोटमा नेपालको नक्सा छाप्दा तपाईंको टाउको दुखाइ किन भन्दै प्रश्न गरे ।

‘राष्ट्रपतिका विज्ञ सदस्यज्यूले नोटमा नयाँ नक्सा राख्दा अर्को देशलाई चिढ्याउने कुरा भयो भनेर प्रतिक्रिया दिनुभयो भन्ने सुनें’ सांसद दाहालले भने, ‘हाम्रो देशको नोटमा हाम्रो देशको नक्सा छाप्दा अर्को देश चिढिनुपर्ने कारण के थियो ? उहाँले कुन आशयबाट त्यो भन्नुभएको हो ?’

वैशाख २१ गते बसेको मन्त्रिपरिषदको बैठकले १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको थियो ।

राष्ट्रपति पौडेलका विज्ञ सल्लाहकार नेपालले भारतीय सञ्चार माध्यमहरूसँग नेपालले नयाँ नोटमा लिपुलेक सहितका भूभाग समेटेर छापिएको नक्सा राख्नुलाई उपयुक्त नभएको प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖