• Friday 23rd of October 2026

एकीकृत समाजवादीको सचिवालय र स्थायी कमिटी बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौं : सत्तारुढ एकीकृत समाजवादी पार्टीको सचिवालय र स्थायी कमिटी बैठक आज बस्दैछ।सचिवालय बैठक बिहान साढे १० र स्थायी कमिटी बैठक साढे ११ बजे बस्ने तय भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।उनका अनुसार पार्टीको दशौं महाधिवेशन र समसामयिक राजनीतिबारे दुवै बैठकमा छलफल हुनेछ।

‘केन्द्रीय सचिवालय बैठकमा स्थायी कमिटी बैठकको सञ्चालन र एजेण्डाबारे छलफल हुनेछ,’ उनले भने, ‘स्थायी कमिटीमा आसन्न पहिलो महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान र सांगठनिक दस्तावेजमाथि छलफल हुनेछ।’

एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको छ। यस्तै, केन्द्रीय कमिटी बैठक वैशाख ३१ र जेठ १ गते बस्दैछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖