• Friday 23rd of October 2026

जनकपुरधाम आइपुगेका भारतीय धर्मगुरु रामभद्राचार्यले भने- यो पटक भारत हिन्दू राष्ट्र कायम हुन्छ


  • धनकुटा खबर
  • .

जनकपुरधाम । भारतीय धर्मगुरु रामभद्राचार्य आज जनकपुरधाम आइपुगेका छन् । उनलाई जानकी मन्दिरमा भव्य स्वागत गरिएको छ ।

जानकी मन्दिरका छोटा महन्त रामरोषण दाससहितका साधुसन्त र श्रद्धालु तथा नगरवासी धर्मगुरुलाई स्वागत गर्न भिट्ठामोड नाकासम्म पुगेका थिए । जानकी जन्मोत्सवको अवसरमा धर्मगुरु रामभद्राचार्य जनकपुरधाम आएको छोटा महन्त दासले बताए ।

जानकी मन्दिरमा धर्मगुरुबाट आशीर्वाद लिनेहरुको घुँइचो लागेको छ । सो क्रममा हिन्दूवादीको जिज्ञासामा उनले यो पटक भारत हिन्दू राष्ट्र कायम हुने विश्वास व्यक्त गरे ।

नेपालको विषयमा उनले भने, ‘चिन्ता नगर्नुस् । विस्तारै नेपाललाई पनि हिन्दू राष्ट्र बनाएरै छाड्छौं ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖